अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडे

बिआरटीनेपाल २०७७ कार्तिक २४ गते ६:२४ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल र उपविजेता म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाडेका छन् । इतिहाद रंगशालामा सम्पन्न पछिल्लो खेलमा लिभरपुल र सिटीले १–१ गोलको बराबरी खेलेका हुन् । सिटीको मैदानमा सुरुवाती अग्रता भने लिभरपुलले बनाएको थियो ।

खेलको १३ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । सिटीका डिफेन्डर केली वाल्करले साडियो मानेलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।तर, लिभरपुलले आफ्नो अग्रता धेरै बेर टिकाउन सकेन । खेलको ३१ औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई १/१ गोलको बराबरीमा फर्काए ।

उनले केभिन डी ब्रुएनको पासलाई सदुपयोग गरे । त्यसपछि खेलको ४२ औं मिनेटमा सिटीले अग्रता बनाउने मौका पाएको थियो ।तर, सिटीका ब्रुनले पेनाल्टीमा गोल गर्न सकेनन् । घरेलु मैदानको बराबरीसँगै सिटीले ७ खेलमा १२ अंक जोडेको छ । सिटी लिगको ११ औं स्थानमा रहेको छ । बराबरीसँगै लिभरपुलले भने शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । तेस्रो स्थानको लिभरपुलले ८ खेलमा १७ अंक जोडेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू