अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५९ | Colorodo: 06:14

शेयर बजारमा दोहोरो अंकको सुधार

बिआरटीनेपाल २०७७ कार्तिक २३ गते ६:१२ मा प्रकाशित

साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । उतारचढाव बिच बजार परिसूचक नेप्से १२ अंकले उकालो लागेर १६ सय ४८ पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्से उकालो लागेसंगै कारोबार ३ अर्ब माथीको भएको छ । आज सबैजसो समुह उकालो लागेसँगै नेप्सेमा पनि दोहोरो अंकको सुधार आयो ।

उत्पादनमुलक समुह सबैभन्दा उच्च १ सय २६ अंकले उकालो लाग्दा जीवन बिमा, व्यापार, होटल, जलविद्युत, अन्य र निर्जिवन बिमा समुह दोहोरो अंकले उकालो लागेका छन् ।विकास बैंक र वाणिज्य बैंक समुह सामान्य अंकले ओरोलो लाग्यो । यसदिन १ सय १४ कम्पनीको शेयर मूल्य बढ्दा ४५ कम्पनीको शेयर मुल्य भने घटेको छ ।

हिमालयन डिष्टिलरी लिमिटेडले सबैभन्दा बढि कमाउँदा नेपाल फाईनान्स लिमिटेडले सबैभन्दा बढि गुमायो । आज १ सय ९८ कम्पनीको १० करोड ८६ लाख कित्ता शेयर ३ अर्ब ५२ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

 

प्रतिक्रिया