अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५६ | Colorodo: 05:11

‘जबज’का क्रियाकलाप म रोक्न सक्दिनँः प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ कार्तिक २३ गते ६:०८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले जबजका क्रियाकलापहरु आफूले रोक्न नसक्ने स्पष्ट पार्नुभएको छ । पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग बालुवाटारमा आइतबार साढे तीन घन्टाभन्दा लामो भेटमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले मदन भण्डारी फाउन्डेसनका जबजलगायतका क्रियाकलाप आफूले रोक्न नसक्ने जानकारी गराउनुभएको हो ।

नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेताहरुसँग बालुवाटार पुगेका नेता नेपालले जबजलगायतका गतिविधि सञ्चालन गरिरहेको मदन भण्डारी फाउन्डेसनका क्रियाकलाप रोक्न आग्रह गर्दा ओलीले आफूले त्यस्ता क्रियाकलाप रोक्न नसकिने बताउनुभएको नेताहले जनाएका छन् ।

ओली र ओलीविपक्षी नेताहरुबीच अन्तरविरोध बढिरहेका बेला प्रधानमन्त्रीले आइतबार नेता नेपाललाई दलबलसहित बालुवाटार बोलाउनुभएको थियो । नेता नेपालले भने सचिवालय बैठक बोलाउन ओलीलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू