अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४४ | Colorodo: 00:59

अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन विजयी

विजय थापा २०७७ कार्तिक २२ गते १४:२४ मा प्रकाशित

अमेरिकी इतिहासमा पहिलोपल्ट उपराष्ट्रपति पदमा महिला निर्वाचित

नोभेम्बर ३ मङ्गलवारको दिन सम्पन्न निर्वाचनबाट डेमोक्र्याटिक दलका राष्ट्रपतिका उम्मेदवार पूर्व उप-राष्ट्रपति जो बाइडेन अमेरिकाको ४६ औ राष्ट्रपतिमा विजयी भएका छन् भने क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिसलाई उप राष्ट्रपति पदमा विजयी भएकी छिन ।

रिपब्लिकन दलका प्रतिद्वन्द्वी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउँदै बाइडेनले विजयी प्राप्त गरेका हुन् । अत्यन्तै प्रतिस्पर्धा रहेको यस पटकको निर्वाचनमा बाइडेनले अन्तिम समयमा पेनसेल्भेनिया लगायत महत्त्वपूर्ण राज्यहरू मध्येमा बाजी मारे पछि उनको विजय सम्भव भएको हो । करिब ४ दशक देखि अमेरिकी राजनीतिमा संलग्न र लामो समय सम्म सिनेटर भएर काम गरेका बाइडेन अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाका उपराष्ट्रपति पनि हुन् ।

अमेरिकामा ज्यादा मत ल्याएर मात्र विजयी नहुने हुँदा राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने २७० इलेकटोरल मत ल्याए पछि बाइडेन राष्ट्रपति पदका लागि निर्वाचित भएका हुन् ।

सन् २०१६ देखि नै विवादै विवादमा मुसिएका ट्रम्पलाई अनेकौँ विषयहरूलाई लिएर अविश्वासको प्रस्ताव लगाइएको थियो । तर ट्रम्प विरुद्ध लगाइएको अविश्वासको प्रस्ताव असफल भएको थियो । ट्रम्प एक पटकको लागि मात्र अमेरिकी राष्ट्रपति हुने अमेरिकी इतिहास मै चौथो राष्ट्रपति भएका छन् ।

बाइडेनको विजयीसँगै अमेरिकी माथिल्लो सदन सिनेटमा कूल डेमोक्रेटको ४८ सिट र तल्लो सदनमा कूल २१३ सिट ल्याउन सफल भएको छ । सिनेटमा बहुमत ल्याउन ५१ सिट प्राप्त गर्नु पर्ने हुन्छ भने प्रतिनिधि सभामा २१८ ल्याएमा बहुमत हुनेछ ।

जो बाइडेनललाई कूल लोकप्रिय मत ७ करोड ४३ लाख प्राप्त भएको छ । अर्थात् उनले ५०.५ प्रतिशत पपुलर भोट प्राप्त गर्न सफल भएका छन् । यसै गरी ट्रम्पलाई ७ करोड २० लाख लोकप्रिय मत प्राप्त भएको छ । ट्रम्पले ४८ प्रतिशत मत प्राप्त गरेका छन् ।

यता ट्रम्प चुनाव अभियानले चुनाव धाँधली भन्दै पेन्सेल्भेनिया, मिसिगन, जर्जियामा लगायत राज्यहरूमा मुद्दा दायर गरेका छन् । उक्त राज्यहरूमा न्यायधिशहरुले ट्रम्पको आग्रहलाई अस्वीकार पनि गरी सकेका छन् । अझ पनि कसरी कानुनी झमेला पार्ने विषयमा सामाजिक सञ्जाल र भेला गरी अनेक कुराहरू गरी रहेका छन् ।

जो बाइडेनको पुरा नाम जोसेफ रोबिनेट बाइडेन जुनियर जो । उनको जन्म २० नोभेम्बर १९४२ मा भएको हो भने उनी एक सफल अमेरिकी राजनीतिज्ञ हुन् । सन् २००९ देखि सन् २०१७ सम्म ओबामा प्रशासनमा संयुक्त राज्य अमेरिकाको ४७ औँ उपराष्ट्रपतिको रूपमा सेवा गरेका थिए।

उनले डेलावेयरका लागि सन् १९७४ देखि सन् २००९ सम्म सिनेटरको रूपमा काम गरेका थिए ।

श्रोतहरु :श्रोतहरु :/न्यूयोर्क टाईम्स।/सिएनएन/वाशिंगटनपोस्ट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू