अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३४ | Colorodo: 14:49

’भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण सकारात्मक’ : सुरक्षा विज्ञ भट्टराई

बिआरटीनेपाल २०७७ कार्तिक २२ गते ६:१७ मा प्रकाशित

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई सकारात्मक उर्जा प्रदान गरेको सुरक्षा विज्ञ उमेश भट्टराईले बताउनुभएको छ ।संवाद हिनताको अवस्थामा रहेको कुटनीतिलाई नरवणेको भ्रमणले केही हदसम्म सकारात्मक बनाउन सहयोग पुगेको सुरक्षा विज्ञ भट्टराईले बताउनुभएको छ। नरवणेको भ्रमणले नेपाल र भारतबीचको कुटनीतिक सम्बन्धलाई केही हदसम्म भए पनि गतिशिल बनाउने विश्वास जगाएको उहाँको भनाइ छ ।

सार्वभौम सत्ता सम्पन्न राष्ट्रको हिसाबले दुई देशबीचको सम्बन्धलाई बढाउन चाहने भए पनि एक वर्ष देखि रोकिएको प्रकृयामा यो भ्रमणले कुटनीतिक सुरुवात भएको छ भन्ने सन्देश दिएकोले सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो ।

‘मुख्य गरेर संवाद हिनताको अवस्थामा रहेको हाम्रो कुटनीतिलाई यसले केही हदसम्म अवस्थालाई चिर्नेकाम गर्छकी भन्ने हाम्रो अनुमान र विश्वास जगाउँछ नै । किनभने जुन किसिमले प्रधानमन्त्रीले पनि हिजो वार्ता गर्दाखेरी कुरा गर्नुभयो हाम्रो सम्बन्ध इतिहास देखिको भिन्दै किसिमको हो र एउटा सार्वभौंम सत्ता सम्पन्न राष्ट्रको हिसाबले हामी दुई देशको बीचको सम्बन्धलाई बढाउन चाहन्छौं ।’ उहाँले भन्नुभयो, ’यसमा एकवर्षदेखि रोकिएको प्रकृया छ । त्यो कुटनीकिक पहलबाट यसको सुरुवात होस भन्ने किसिमको सन्देश दिनु भएको छ भारतीय संस्थापनलाई वा भारतको सरकारलाई । त्यसले सकारात्मक भुमिका नै खेल्छ भन्ने लाग्छ ।’

दुई देशबीचको सेनाको सम्बन्ध ब्रिटिस आर्मी रहदा देखिकै भएकोले पनि सैन्य कुटनीतिलाई भिन्दै किसिमले व्याख्या गर्नुपर्ने आवश्यकता नरहेको उहाँले बताउनुभयो । कुटनीति सैन्य भए पनि वा गैह्र सैन्य भए पनि अन्ततगत्वा देशलाई निकास दिन मद्दत पुग्ने पनि भट्टराईको भनाई छ । इतिहास देखिकै सम्बन्धका कारण नेपाली सेनाले भारतीय सेनासँग कुटनीतिक सम्बन्ध विकास गर्न खोज्नुलाई अन्यथा ठान्न नहुने पनि भट्टराईले बताउनुभयो । तर स्वतन्त्र देशको हिसाबले कुनैपनि स्थितिमा पछाडि हट्न नहुने र अहिलेको भ्रमणले कुटनीतिक वातावरण सकारात्मक बनाएको स्पष्ट हुने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू