अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३४ | Colorodo: 02:49

जापानमा ६.२ म्याग्निच्यूडको भूकम्प

बिआरटीनेपाल २०७७ कार्तिक २२ गते ६:१५ मा प्रकाशित

जापानमा शनिबार ६.२ म्याग्निच्यूडको भूकम्प गएको छ ।राजधानी टोकियोदेखि झन्डै ६०० माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । जापानको भूगर्भ विभागले दिएको जानकारीअनुसार झन्डै १० किलोमिटर गहिराइबाट कम्पन भएको थियो ।

विभागका अधिकारीहरुले भूकम्पपछि कुनै आँधीको खतरा नरहेको जानकारी दिएका छन् ।सरकारी अधिकारीहरुको भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भइनसकेको पनि स्पष्ट पारेका छन् ।

जापान धेरै भूकम्प आउने देशमा पर्दछ । वर्षेनि दर्जनौंपटक भूकम्प आउने गर्दछ भने कतिपय शक्तिशाली भूकम्पले मानवीय तथा भौतिक क्षतिसमेत गराउने गरेको छ । सन् २०११ मा आएको ९ म्याग्निच्यूडको विनाशकारी भूकम्प र त्यसपछिको आँधीका कारण जापानमा कम्तीमा १५ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो भने धेरै भौतिक संरचनामा क्षति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू