अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२९ | Colorodo: 05:44

न्युकासललाई हराएर साउथह्याम्पटन प्रिमियर लिगको शीर्ष स्थानमा

बिआरटीनेपाल २०७७ कार्तिक २२ गते ६:१५ मा प्रकाशित

साउथह्याम्पटन इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । राति भएको खेलमा न्युकासल युनाइटेडलाई २÷० ले हराएर साउथह्याम्पटन शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा साउथह्याम्पटनका चे एडम्स र स्टुवार्ट आम्स्ट्रोङले एकरएक गोल गरे ।

यस जितसँगै साउथह्याम्पटनले ८ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको हो । साउथह्याम्पटन सन् १९८८ पछि पहिलो पटक लिगको शीर्ष स्थानमा उक्लिएको हो । न्युकासल ८ खेलमा ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ । राति नै भएको खेलमा बर्नली र ब्राइटनले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू