अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१६ | Colorodo: 09:31

संसद अधिवेशन बोलाउन जसपा नेता डा. भट्टराईको माग

बिआरटीनेपाल २०७७ कार्तिक २२ गते ६:०७ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद डा. बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा. भट्टराईले शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् संघीय संसदको अधिवेशन बोलाउन माग गर्नुभएको हो ।

उहाँले सत्तारुढ दल नेकपाको आन्तरिक किचलो उसैले छिनोफानो गरेपनि हालका लागि गम्भीर विषयमा छलफल गर्न संसद अधिवेशन बोलाउनुपर्ने धारणा राख्नुभएको छ । डा. भट्टराईले कोरोना महामारी, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार, विदेश सम्बन्ध र अन्य विषयमा संसदमा छलफल हुनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू