अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 02:53

गायिका सोनाम गुरुङको ‘सागर बिचमा’ सार्वजनिक ( भिडियो )

बिआरटीनेपाल २०७७ कार्तिक २१ गते १२:०८ मा प्रकाशित

काठमाडौँ । अमेरिकामा बसेर नेपाली सिनेमा र सङ्गीत क्षेत्रमा सक्रिय कलाकर्मीहरूको सहकार्यमा ‘सागर बिचमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

हृदयस्पर्शी यस गीतमा स्वर उदयमान गायिका सोनाम गुरुङको रहेको छ भने गीतलाई वरिष्ठ सङ्गीतकार सुशील विश्वकर्माले संगीतवद्द गरेका हुन्।  गीतमा कुमार भण्डारीको शब्द रहेको छ। फणीन्द्र राईले यस गीतलाई सङ्गीत संयोजन गरेका हुन्। 

कोरोना कहरबिच  अमेरिकामा नै छायाङ्कन गरिएको म्युजिक भिडियोमा भीमा सन्याशी र सुमन कार्की फिचर्ड छन्।  रोशन सुन्दासले यस भिडियोलाई छायाङ्कन र सम्पादन गरेका हुन् । नरमान राईको कन्सेप्ट, कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।

आफ्नो पहिलो डेब्यु गीतको म्युजिक भिडियोलाई सुनेर हेरेर प्रतिक्रिया दिनुहुन गायिका गुरुङले सम्पूर्ण दर्शकश्रोतालाई आग्रह गरेकी छिन् ।  साथै आगामी दिनहरूमा स्तरीय गीत सङ्गीत सार्वजनिक गर्दै जाने गायिका गुरुङले बताएकी छिन् ।

प्रतिक्रिया