अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०४ | Colorodo: 12:19

म्युजिक भिडियोमा आकाश र उषाको प्रेम ( भिडियो )

बिआरटीनेपाल २०७७ कार्तिक २१ गते १०:११ मा प्रकाशित

काठमाडौँ । तिहारको कोसेली स्वरूप गायक सुशील श्रेष्ठ ‘जुजु’ले नयाँ म्युजिक भिडियो ‘सुनन’ सार्वजनिक गरेका छन्। रोमान्टिक भर्सनको यस गीतमा स्वर सुशील श्रेष्ठ ‘जुजु’ को रहेको छ भने शब्द स्वयम् गायक सुशील श्रेष्ठ ‘जुजु’ र स्वर्गीय आशिष् तामाङको रहेको छ। यस गीतलाई स्वर्गीय आशिष् तामाङले नै संगीतवद्द गरेका हुन् ।

नगरकोट वरपर छायाङ्कन गरिएको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र उषा उप्रेतीको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा प्रकाश जिसीको समेत अभिनय देख्न सकिन्छ । भिडियोमा सुदिप बरालको कन्सेप्ट र छायाङ्कन रहेको छ । टेकेन्द्र शाहले भिडियोलाई सम्पादन गरेका हुन् । काजी बहादुर श्रेष्ठ उत्पादक रहेको भिडियोलाई आचार्य गोपालको निर्देशनमा तयार Aपारिएको हो । गायक श्रेष्ठको अफिसिएल युट्युब च्यानल ‘जुजु क्रियशन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

कोरोना कहर बिच निकै मिहिनेत साथ निर्माण गरिएको यस गीतको म्युजिक भिडियोलाई हेरेर साथ, सपोर्ट र माया गरिदिन निर्माण टिमले सम्पूर्ण सङ्गीत प्रेमीहरूलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया