अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 15:56

मंगोलीयन हर्ट राजु लामाको नयाँ गीत तिम्रो साथ बिना सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७७ कार्तिक २१ गते ९:४० मा प्रकाशित

काठमाडौँ । चर्चित गायक मंगोलियन हर्ट राजु लामाको स्वर रहेको गीत तिम्रो साथ विना शुक्रवार एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ । राजधानीको दरवारमार्गस्थित किङरिङ लञ्जवारमा एक कार्यक्रमको आयोजना गर्दै गीतको निर्माण टिमले गीतको भिडियो सार्वजनिक गरेको हो ।

कुमार स्याङग्बाको शब्द रचनालाई निमा लामा दोङले सङ्गीत भरेको गीत तिमी विनाको साथमा मंगोलियन हर्ट राजु लामासँगै गायिका निर्मला घिसिङको पनि स्वर समावेश छ । दोलखाको पर्यटकीय स्थल कालिञ्चोक आसपास बढी लगानीमा छायाङ्कन गरिएको गीतमा आसमान तामाङ वाइबा र अमिता दोङको अभिनय रहेको छ । अजय स्याङताङले निर्देशन गरेको गीतलाई विक्रम मोक्तान र चक्र महर्जनले खिचेका हुन् । आसमानसँगै विना घलानको लगानी गीतमा रहेको छ ।

कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासङ्घका अध्यक्ष अमृत सुनुवार, चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, नृत्य निर्देशक सङ्घका पूर्व अध्यक्ष दिनेश पाख्रिन, नायिका चाँदनी मोक्तानलगायतको उपस्थिति रहेको थियो ।

मंगोलियन हर्ट राजु लामाले धेरै समयको अन्तरालमा तिम्रो साथ विना बजारमा ल्याएका हुन् । दोलखाको पर्यटकीय सम्भावनालाई ध्यानमा राखेर कालिन्चोकमै छायाङ्कन गरेको निर्माण पक्षले जानकारी दिएका छन् ।

प्रतिक्रिया