अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४५ | Colorodo: 00:00

कोरोना संक्रमित हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर,आईसियूमा उपचार हुँदै

बिआरटीनेपाल २०७७ कार्तिक २१ गते ६:४४ मा प्रकाशित

कोरोना संक्रमित हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था झन् गम्भीर भएको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो । उहाँलाई गत कात्तिक १० गते कोरोना पुष्टि भएको थियो । थप उपचारका लागि गजुरेललाई आईसियूमा सारिएको हो ।

आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको आशंका गर्नुभएको थियो । उहाँलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो ।

 

Nepali newsportal from USA.

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू