अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

नेकपा बैठक– सचिवालय बैठकका लागि प्रधानमन्त्री ओलीलाई सामूहिक आग्रह गर्ने बहुमत सदस्यको निर्णय

बिआरटीनेपाल २०७७ कार्तिक २१ गते ६:२७ मा प्रकाशित

सत्तारुढ नेकपाका बहुमत सचिवालय सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालयको औपचारिक बैठक डाक्न सामुहिक आग्रह गर्ने निर्णय गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको अनौपचारिक छलफलमा सहभागी नेताहरुले यस्तो निष्कर्ष निकालेका हुन् । बैठकमा प्रचण्डले ब्रिफिङ गर्दै अर्का अध्यक्ष ओलीले औपचारिक बैठक बसेमा त्यो पार्टी फुटको विन्दु हुने बताउनुभएको अवगत गराउनुभयो ।

बिहीबार अध्यक्ष ओलीले आफ्नो असहमतिमा कुनै पनि बैठक राखेर निर्णय गरेमा त्यो नै फुटको बिन्दु हुने चेतावनी दिएपछि प्रचण्डले ओलीकै सहमतिमा आज अनौपचारिक छलफल राख्नुभएको थियो । बैठकको निष्कर्षबारे जानकारी गराउँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार(भोली) पाँचैजना सचिवालय सदस्य बालुवाटार गएर बैठकका लागि अध्यक्ष ओलीलाई आग्रह गर्ने बताउनुभयो ।

आफुहरुले यसअघि कार्तिक १ र ९ गते लिखितरुपमा नै ओलीलाई बैठकका लागि आग्रह गरेपनि उहाँ बैठकका लागि ओली तयार नभएकोले शनिबार सचिवालयका ५ जना सदस्य बालुवाटार पुगेर बैठकका लागि आग्रह गर्ने श्रेष्ठको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू