अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५१ | Colorodo: 22:06

नेपालमा एकैदिन ४ हजार ५०० जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज, थप २ हजार ९०९ जनामा सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७७ कार्तिक २१ गते ६:२५ मा प्रकाशित

नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या १ लाख ८८ हजार आठ सय ८३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार २ हजार ९ सय ९ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै गएको २४ घण्टामा ४ हजार ५ सय जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ ।

अब नेपालमा ३४ हजार ९ सय ५जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै १ हजार २ सय ५४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ७० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू