अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६ | Colorodo: 01:41

सर्वाेच्चद्धारा स्वास्थ्यमन्त्री ढकालविरुद्ध अदालतको अवहेलनामा कारण देखाउ आदेश जारी

बिआरटीनेपाल २०७७ कार्तिक २० गते ६:३६ मा प्रकाशित

सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध परेको अवहेलना मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।संवैधानिक व्यवस्था र अदालतको परमादेशको उल्लङ्घन गर्दै कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्नुको कारण पेस गर्न सर्वोच्चले आदेश दिएको हो ।

गएको असोज १५ गते सबै नागरिकको कोरोनाको परीक्षण र सङ्क्रमितलाई निःशुल्क उपचार गर्नु भन्दै सर्वोच्च अदालतले आदेश दिए पनि सरकारले सक्नेलाई शुल्क लिने र नसक्नेलाई मात्रै निःशुल्क उपचार र परीक्षण गर्ने निर्णय गरेको थियो ।

सरकारको यो निर्णयविरुद्ध अधिवक्ता केशरजङ्ग केसी र लोकेन्द्र ओलीले सर्वोच्चमा अदालतको अवेहलना मुद्दा दर्ता गर्नुभएको थियो । निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले ‘अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ? नगर्ने भए एक हप्ताभित्र लिखित जवाफ दिनु’ भनी आदेश गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू