अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२० | Colorodo: 23:35

च्याम्पियन्स लिग – बार्सिलोना, चेल्सी र युभेन्टस विजयी

बिआरटीनेपाल २०७७ कार्तिक २० गते ६:३२ मा प्रकाशित

युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति बार्सिलोना, चेल्सी र युभेन्टस विजयी भएका छन् ।समुह ‘इ’ को खेलमा इंग्लीश क्लब चेल्सीले फ्रान्सको रेनेजलाई ३–० ले हरायो । यही समुहको अर्को खेलमा स्पेनको सेभियाले रुसको क्रास्नोडारमाथि ३–२ को जित निकाल्यो ।

समुह ‘एफ’ को खेलमा जर्मनीको बोरुसिया डर्टमण्डले बेल्जियमको क्लब ब्रुजलाई ३–० ले हराउँदा इटालीको लाजियो र रुसको जेनिथले १–१ गोलको बराबरीमा चित्त बुझाउनुपर्यो ।यसैगरी समुह ‘जी’ को खेलमा स्पेनको बार्सिलोनाले युक्रेनको डाइनामो किभलाई २–१ ले पराजित गर्दा इटालीको युभेन्टसले हंगेरीको फेरेन्कभारोसलाई ४–१ ले पाखा लगायो ।

च्याम्पियन्स लिगकै समुह ‘एच’ को खेलमा टर्कीको इस्तानबुल बसाक्सेरले इंग्ल्याण्डको म्यान्चेस्टर युनाईटेडलाई २–१ ले हराउँदा जर्मनीको आर.बी लेप्जीगले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एस.जी)लाई २–१ ले पराजित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू