अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२७ | Colorodo: 02:42

नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

बिआरटीनेपाल २०७७ कार्तिक २० गते ६:३२ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ । मैत्रीपूर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टोलीले घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेर फर्किनेछ । नेपाली टोलीको कप्तानको जिम्मेवारी गोलकिपर किरण चेम्जोङलाई दिइएको छ । लामो समयपछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि बंगलादेश जाँदैगर्दा निकै उत्साहित देखिएको छ ।

बुधबार सार्वजनिक गरिएको राष्ट्रिय टोलीमा आठ नयाँ अनुहारले स्थान बनाएका छन् । अभ्यासको क्रममा चोट भोगेका रोहित चन्द भने टोली बाहिर रहेका छन् । यस्तै, अरु सात खेलाडीमा कोरोना देखिएपछि ती खेलाडीको भ्रमण स्थगित भएको छ । उनीहरु ‘आइसोलेसन’मा छन् ।

दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र इलामका छिरिङ गुरुङ पहिलोपटक सिनियर टोलीमा अटाएका हुन् ।मैत्रीपूर्ण खेलका लागि बुधबार गरिएको सामान्य बिदाइ कार्यक्रमपछि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले एक साताको अभ्यासले खेलाडीको फिटनेसमा सुधार आएको र एक साताको बंगलादेश बसाइँ थप फलदायी हुने अपेक्षा व्यक्त गर्नुभयो ।

नेपालले यही कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । टोलीले बंगलादेशमा एक साता बिताएपछिमात्रै मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू