अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२६ | Colorodo: 11:41

नेकपा विवाद उत्कर्षमा, “अब वार्ताकै लागि बालुवाटार आउँदिनँ”– प्रचण्ड

बिआरटीनेपाल २०७७ कार्तिक २० गते ६:१६ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद उत्कर्षमा पुगेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका अध्यक्ष प्रचण्डले विवादकैबीच अब वार्ताकै लागि भनेर बालुवाटार नजाने बताउनुभएको छ । ओलीसँगको छलफलपछि अध्यक्ष प्रचण्डले अब बालुवाटारमा वार्ताका लागि धाउनुको औचित्य नभएको बताउनुभएको जनाइएको छ ।

पार्टीभित्र देखिएको संकट निवारणका लागि पछिल्लो संवादहीनता तोड्दै ओली र प्रचण्ड छलफलमा बस्नुभएको थियो । तर, आजको छलफलबाट कुनै निष्कर्ष निस्कन नसकेको स्रोतले जनाएको छ । भेटमा अध्यक्ष प्रचण्डले सचिवालय बैठकका लागि आग्रह गर्दा ओलीले त्यसलाई अस्वीकार गर्नुभएको स्रोतले जनाएको छ ।

पाँच दिनपछि अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न आज बालुवाटार जानुभएको थियो । यसअघि, दुवै अध्यक्षबीच भएको छलफलमा पार्टी फुटाउने प्रस्ताव गरेको भन्दै दुवै नेताहरुले आ–आफ्नो ढंगबाट निकटस्थहरुलाई बताएका थिए । विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस, मन्त्रिमन्डल पुनर्गठन, कर्णाली प्रदेशको विवाद, भारतीय ‘रअ’ प्रमुखको नेपाल भ्रमणलगायत कारणले ओली र दाहालबीच विवाद चुलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू