अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२१ | Colorodo: 20:36

पुण्य गौतम पक्राउ

बिआरटीनेपाल २०७७ कार्तिक १९ गते ६:३० मा प्रकाशित

शान्ति भड्काउने गरी अभिव्यक्ति दिएपछि पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार राति गौतमलाई नियन्त्रणमा लिएको हो ।

गौतमले विभिन्न च्यानलमार्फत असामान्य क्रियाकलाप गर्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।

गौतमलाई बुधबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू