अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३१ | Colorodo: 07:46

विश्वभर ३ करोड ४४ लाख ३२ हजार ४० सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ कार्तिक १९ गते ६:१७ मा प्रकाशित

विश्वभर हालसम्म ३ करोड ४४ लाख ३२ हजार ४० जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ४ करोड ७९ लाख ८६ हजार ८ सय ९७ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १२ लाख २२ हजार ७ सय ५९ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि १ करोड २३ लाख ३२ हजार ९८ संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ८८ हजार ३ सय ६६ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड २२ लाख ४३ हजार ७ सय ३२ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ९६ लाख ९४ हजार १ सय ७६ जना संक्रमित भएका छन् भने २ लाख ३८ हजार ६ सय ५६ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ८३ लाख १६ हजार ५ सय ८८ जना संक्रमित हुँदा १ लाख २३ हजार ६ सय ७७ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५५ लाख ६७ हजार १ सय २६ जना संक्रमित भएका छन् भने १ लाख ६० हजार ५ सय ४८ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू