अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२३ | Colorodo: 05:38

सांसद केसीको निधनमा पोखरा महानगरको सेवा बन्द

बिआरटीनेपाल २०७७ कार्तिक १८ गते ६:५३ मा प्रकाशित

प्रतिनिधिसभाका सदस्य एवं तत्कालीन पोखरा नगर पञ्चायतका प्रमुख सूर्यबहादुर केसीको निधन भएपछि उहाँको सम्मानमा आज पोखरा महानगरको आफ्ना सबै सेवा बन्द गरेको छ । महानगरपालिकाले एक विज्ञप्ति जारी गरी स्व. केसीका सम्मानमा महानगर नगर कार्यपालिका कार्यालय र सबै वडा कार्यालय बन्द रहने जानकारी गराएको छ ।

केसीको निधनले महानगरपालिकालाई स्तब्ध बनाएको र प्रतिष्ठित उद्योगीका रुपमा परिचित उहाँले पोखराको विकासमा पुर्याउनुभएको योगदानलाई सदा स्मरण गरिने विज्ञप्तिमा उल्लेख छ । सांसद केसीको ६३ वर्षका उमेरमा यही कात्तिक १७ गते राति १०ः ३० बजे आफ्नै निवास मुस्ताङचोकमा निधन भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू