अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 03:32

घरमा प्रयोग नहुने वस्तुहरु दानमा दिनु स्वास्थ्यका लागि फाइदाजनक

बिआरटीनेपाल २०७७ कार्तिक १८ गते ६:५२ मा प्रकाशित

के तपाईको घरमा प्रयोगमा नआउने वस्तुहरु छन् ? आफू र आफ्नो घर वरपर भएका फाल्तु तथा प्रयोगमा नआउने वस्तुहरु दान गर्नाले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ । तपाईले पनि आफ्नो घरमा आवश्यक नभएका वस्तुहरु संकलन गरी राख्नु भएको छ र पुराना वस्तुहरु हटाउन मन लाग्दैन भने अब यो बानीलाई बदल्नुहोस् । किनकी घरमा प्रयोग नहुने वस्तुहरु अरुलाई दान गर्दा मानसिक स्वास्थ्य सुध्रिने विभिन्न अध्ययनले जनाएको छ ।

यसरी दान गर्दा मनमा शान्ति र आनन्द मिल्ने गर्दछ । प्रयोगमा नआउने अनुपयोगी सामानहरु कसैको लागि उपयोगी साबित पनि हुन सक्छ । अरुलाई खुसी बनाउन पाउदा र उसको मन जित्न पाउदा मानसिक तनाव कम हुने र सदभावको भावना पनि बढेर जान्छ ।

कसैको आवश्यक्ता बुझेर दान दिदा उक्त व्यक्तिको प्रिय बन्नुका साथै आत्मीयता बढेर जान्छ । आत्मीयता बढाउनु, साथी बनाउनु, अन्तरक्रिया गर्नु, खुसी हुनु मानसिक स्वास्थ्यको अति नै महत्वपूर्ण पाटो हो । घर सफा हुनु स्वास्थ्यको लागि त उत्तम छ नै, साथै घरको सफाईले तपाईको व्यक्तित्व पनि झल्काउछ । घरमा अनावश्यक वस्तुहरु धेरै हुँदा ती सामानहरु व्यवस्थापन गर्न पनि मुस्किल हुन्छ । त्यसैले ती अनावश्यक वस्तुहरुको सहि व्यवस्थापन भनेको दान नै हो ।

अनुपयोगी सामानहरु घरमा नरहेपछि घर सफा र व्यबस्थित पनि हुने गर्दछ । यसले गर्दा मनलाई चंगा बनाउने मनोवैज्ञानिकहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू