अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 05:59

कांग्रेस पदाधिकारी बैठक स्थगित

बिआरटीनेपाल २०७७ कार्तिक १८ गते ६:३७ मा प्रकाशित

नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । प्रतिनिधिसभा सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको हो । केसीको सोमबार राति ६३ वर्षको उमेरमा कास्कीको पोखरास्थित घरमै निधन भएको थियो ।

पदाधिकारी बैठक बस्ने समयमै केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेर सांसद केसीको निधनप्रति शोक प्रस्ताव पारित गरिने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यसअघि, सोमबार सुरु भएको पदाधिकारी बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी कार्यालयमा दर्ता गरेको विरोधपत्रमा छलफल हुने बताइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू