अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१० | Colorodo: 23:25

सफलता प्राप्त गर्न के गर्ने ? पढ्नुहोस् चाणक्यका ६ नीति

बिआरटीनेपाल २०७७ कार्तिक १५ गते ७:४८ मा प्रकाशित

चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए। उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन्।

चाणक्यले यस्ता कुरा बताएका छन्, व्यक्तिले जीवनमा कहिले हानी वा नोक्सानको सामना गर्नुपर्दैन। उनका यी नीतिहरुलाई लागू गर्ने हो भने मानिस जस्तासुकै नोक्सानबाट बच्न सक्छ। चाणक्यका ६ नीति ख्याल राख्दा जीवनमा एक रुपैयाँ पनि घाटा हुन्न।

आफ्नै पहिचान

मानिसलाई आफ्नो योग्यता र कुशलताको पहिचान हुनुपर्छ। योग्यताले नभ्याउने काम गर्नुहुन्न। आफूलाई सुहाउने र क्षमता पुग्ने कार्य गर्दा सफलता हासिल हुन्छ।

मित्र र शत्रुको पहिचान

मानिसले आफ्ना मित्र र शत्रु चिन्न सक्नुपर्छ। हामीले सच्चा मित्र र शत्रु चिन्यौ भने हानीबाट बच्न सकिन्छ। जीवनमा मित्रका भेषमा शत्रु पनि आउँछन्। यिनीहरुबाट बच्नुपर्छ। शुत्रलाइ चिनेर उनीहरुबाट सधै बच्नुमा भलाई हुन्छ।

स्थानको पहिचान

मानिसलाई आफू बसेको स्थानका बारेमा पहिचान हुनुपर्छ। त्यहाँको वातावरण र परिस्थितिले धेरै कुरा तय गर्छन्। यदि खराब मानिस बस्दछन् भने सावधान रहनुपर्छ भने वातावरण स्वास्थ अनुकुल छैन् भने त्यसबाट बच्न पहिलै प्रवन्ध गर्नुपर्छ।

समयको पहिचान

जोसुकै समझदार मानिसले पहिचान गर्दछ हाल कस्तो समय चलिरहेको छ। सुखका दिन छन् कि दुःखमा जिन्दगी चलिरहेको छ ? यसकै आधारमा काम गर्नुपर्छ। दुःखका बेला धैर्यता नगुमाउनु र समझदारीका साथ अगाडि बढ्नु र सुखमा बेलामा लापरवबाही गर्नुहुँदैन।

गुरु वा स्वामीको चाहनाको पहिचान

मानिसलाई आफ्नो गुरु वा स्वामीको चाहनाको पहिचान हुनुपर्छ। उनी जे काम गराउन चाहन्छन् त्यही गर्नुपर्छ। यसो गर्दा केही अफ्ठ्यारोको सामना त गर्नुपर्ला र यही सही नीति हो।

आय र व्ययको पहिचान

मानिसलाई आफ्नो आय–व्यय अर्थात कमाइ–खर्चको पहिचान हुनुपर्छ। आफ्नै कमाई अनुसार खर्च गर्ने हो। आफ्नो आर्थिक तागत बमोजित योजना गर्नुपर्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू