अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५५ | Colorodo: 12:10

राजतन्त्र फर्काउन जनकपुरधाममा महाअभियानको सुरुवात

बिआरटीनेपाल २०७७ कार्तिक १५ गते ७:४४ मा प्रकाशित

राष्ट्रवादी नागरिक समाजले मुलुकमा राजतन्त्र फर्काउन भन्दै महाअभियानको सुरुवात गरेको छ। राजधानी काठमाडौँबाट सुरु गरेको महाअभियान अन्तर्गत शनिबार जनकपुरधाममा समेत राष्ट्रिय नागरिक समाजले र्याली निकालेको छ। ‘राजतन्त्र पुनर्वहाली गर’, ‘भ्रष्टाचार अन्त्य गर’, ‘हत्या हिंसा बलात्कार जस्ता घटना नियन्त्रण गर’ लगायतका नाराहरु लगाउँदै नेपालको राष्ट्रिय झण्डा बोकेर दर्जनौँ व्यक्ति पूर्वराजाको पक्षमा नारा लगाउँदै र्यालीमा सहभागी भएका थिए ।

देशमा भ्रष्टाचार मौलाइरहेको, बलात्कार, हत्या हिंसा जस्ता घटनाहरु दिनदिनै बढिरहेकोले त्यसको न्यूनिकरणका लागि राजतन्त्र फर्काउन आवश्यक रहेको राष्ट्रवादी नागरिक समाजको महाअभियानका संयोजक चन्द्र बहादुरले बताउनुभयो । दलहरुले देशलाई बचाउन सक्ने स्थिति नदेखेरै आफूहरुलाई देशमा राजतन्त्रको खाँचो रहेको महशुस भइरहेको उहाको भनाई छ ।

उपसंयोजक लक्ष्मी मल्लले देशमा राजतन्त्रको पुनर्वहाली नभएसम्म देशभरी यो महाअभियान जारी राख्ने जानकारी दिनुभयो । देशमा चाँडै नै राजतन्त्र फर्किने दावीसमेत उहाको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू