अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२३ | Colorodo: 08:38

अमेरिकामा राष्ट्रपति निर्वाचनको प्रचार अन्तिम चरणमा

बिआरटीनेपाल २०७७ कार्तिक १५ गते ७:४३ मा प्रकाशित

अमेरिकामा यही मंगलबार हुने राष्ट्रपति निर्वाचनको तयारी र प्रचार प्रसार अन्तिम चरणमा पुगेको छ ।प्रचार प्रसारको समय ढल्किंदै जाँदा दुवै उम्मेदवारहरु रणनीतिक हिसाबले महत्वपूर्ण मानिएका मध्य पश्चिमी राज्यहरुमा केन्द्रित भएका छन् ।वर्तमान राष्ट्रपति एवं रिपब्लीकन उम्मेदवार डोनाल्ड ट्रम्पले गएराति मिनिसोटा राज्यमा चुनावी कार्यक्रम गर्नुभएको हो ।

चार वर्षअघि भएको निर्वाचनमा यो राज्यमा ट्रम्पका प्रतिद्वन्द्वी हिलारी क्लीन्टन विजयी हुनुभएको थियो ।हिजो नै डेमोक्रेटिक उम्मेदवार जो बाइडेन भने आयोवा राज्य पुग्नुभयो । यो राज्यले चार वर्ष अघि ट्रम्पलाई भोट दिएको थियो ।यस पटकको राष्ट्रपति निर्वाचनमा पनि यीनै ‘मिड–वेस्टर्न’ राज्यहरुलाई निर्णायक मानिएको छ ।

यी राज्यहरुको समर्थन जुटाउन सक्नेले अर्को चार वर्ष ह्वाईट हाउसको बागडोर समाल्ने संभावना उच्च छ ।अहिलेसम्म हुलाक वा विद्यूतिय माध्यमबाट ८ करोड ५० लाखभन्दा धेरैले मतदान गरिसकेका छन् ।यो तथ्यांकलाई हेर्दा अमेरिकी निर्वाचनमा यसपटक अहिलेसम्मकै उच्च १५ करोड मतदाताले मत खसाल्ने अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा झण्डै २४ करोड मतदाता मत खसाल्न योग्य छन् । निर्वाचन अघिका सर्वेक्षणहरुले राष्ट्रपति ट्रम्पमाथि डेमोक्रेट उम्मेदवार बाइडेनले स्पष्ट अग्रता लिइरहेको देखाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू