अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५५ | Colorodo: 22:10

कोरोनाका कारण अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन चुनौतीपूर्ण छ – अर्थमन्त्री पौडेल

बिआरटीनेपाल २०७७ कार्तिक १५ गते ७:३४ मा प्रकाशित

अर्थमन्त्री विष्णु पौडेलले कोभिडका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताउनुभएको छ । कोभिड संक्रमणको जोखिमका कारण देशको उत्पादन र रोजगारीमा गम्भीर प्रभाव परेकोले अर्थतन्त्रमा संकुचन देखापरेको पौडेलले बताउनुभयो ।

शनिबार नेपाल आर्थिक पत्रकार समाज सेजनका पदाधिकारीहरुसँग सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले उत्पादन र रोजगारीमा परेको असरले देशको अर्थतन्त्रमा गम्भीर संकुचन देखापरेको बताउनुभएको हो । कोभिडको कारण देखापरेको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतीपूर्ण भएपनि आफूले अधिकतम प्रयास गर्ने उहाको भनाई छ ।

स्वास्थ्य सजगता अपनाउँदै उत्पादन बढाउने र रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ अर्थमन्त्री पौडेलले जोड दिनुभयो । मानिसको जीवन र जिविकाको रक्षाको निमित्त अहिलेको परिस्थितिको सीमाभित्र रहेर चुनौतिहरुलाई सामना गर्दै रोजगारी बढाउने समेत अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभयो । त्यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्डलाई अपनाएर आर्थिक क्रियाकलापलाई अगाडी बढाई समग्र आर्थिक जीवनलाई गतिशिल बनाउन सरकार प्रतिवद्ध रहेको मन्त्री पौडेलको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू