अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२२ | Colorodo: 08:37

विश्व शहरीकरण दिवस– नेपालमा ७० आधुनिक सहरको परिकल्पना गरी काम अघि बढ्दै

बिआरटीनेपाल २०७७ कार्तिक १५ गते ७:३१ मा प्रकाशित

आज ‘विश्व सहरीकरण दिवस २०२०’ विश्वभरि विभिन्न कार्यक्रम गरी मनाईएको छ । विश्वमा अहिले कोरोनाको कहर र फैलिँदो संक्रमणका कारण औपचारिक कार्यक्रम भएका छैनन् । यद्यपि, विभिन्न ‘फोरम’हरु र ‘भर्चुअल सेमिनार’हरु भइरहेका छन् । विश्वभरि विश्व सहरीकरण दिवस ‘आफ्नो सहर र समुदायलाई जोगाएर राखौं र महत्व दिऔं’ भनेर मनाइरहेको छ ।

नेपालले ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र सहर’ भन्ने नाराका साथ मनाइरहेको छ । अक्टोबर ३१, २०१४ मा पहिलो सहरीकरण दिवस मनाइएको थियो । यो सातौं विश्व सहरीकरण दिवस हो । व्यवस्थित सहर भन्नेबित्तिकै जनमैत्री, पर्यावरणमैत्री र वैज्ञानिक व्यवस्थापन भएको बुझिन्छ । यसका साथै सहरमा बस्ने समुदायलाई आवास, यातायात, सञ्चार र अन्य सेवा–सुविधाहरु सहज र सघन ढंगले उपलब्ध गराउने गरी योजना बनाइएको हुन्छ ।

बढ्दो अव्यवस्थित सहरीकरणले काठमाडौंजस्तै देशका अन्य ठूला सहरहरु र सहरउन्मुख नगर र गाउँहरु आक्रान्त बन्दै गएका छन् । नेपाल सरकारले अहिले देशका विभिन्न स्थानीय तहमा ७० ओटा आधुनिक सहरको परिकल्पना गरी काम अघि बढाएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मध्यपहाडी लोकमार्गअन्तर्गत् विभिन्न १० वटा सहर निर्माणका लागि पनि काम भइरहेको बताउनुभयो ।

विश्व सहरीकरण दिवसका अवसरमा मन्त्री मानन्धरले सरकारले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानसँग जोडेर मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू