अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३६ | Colorodo: 12:51

पोखरामा थप १ जनाको कोरोनाका कारण मृत्यु

बिआरटीनेपाल २०७७ कार्तिक १५ गते ७:३० मा प्रकाशित

पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका–९ की ६२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । यही कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएर ‘आईसीयू’मा रहनुभएकी महिलाको शनिबार बिहान ८ बजे मृत्यु भएको हो ।

उहाँमा निमोनिया, मधुमेहकोसमेत समस्या थियो । योसँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको छ । प्रदेशमा ७ हजार ३ सय १६ संक्रमितमध्ये ४ हजार २ सय २१ जना निको भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू