अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०३ | Colorodo: 22:18

विश्वभर ३ करोड ३३ लाख १५ हजार कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ कार्तिक १५ गते ७:२७ मा प्रकाशित

विश्वभर हालसम्म ३ करोड ३३ लाख १५ हजार ४ सय ४ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ४ करोड ६० लाख ३२ हजार ९ सय २७ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये ११ लाख ९५ हजार ७ सय ८ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि १ करोड १५ लाख २१ हजार ८ सय १५ हजार संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ८३ हजार ५ सय ७० जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड १४ लाख ३८ हजार २ सय ४५ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ९३ लाख २१ हजार १ सय २२ जना संक्रमित भएका छन् भने २ लाख ३५ हजार २ सय ४ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ८१ लाख ४२ हजार ६ सय ६४ जना संक्रमित हुँदा १ लाख २१ हजार ७ सय १९ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५५ लाख १९ हजार ५ सय २८ जना संक्रमित भएका छन् भने १ लाख ५९ हजार ५ सय ६२ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू