अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१९ | Colorodo: 10:34

एड्भेन्चर स्टार गौतम खाती बने वर्षकै सर्वोकृष्ट मोडेल

बिआरटीनेपाल २०७७ कार्तिक १४ गते २१:४९ मा प्रकाशित

काठमाडौँ, एड्भेन्चर स्टार गौतम खाती यस वर्षकै आधुनिक सर्वोकृष्ट मोडेलको अवार्डबाट सम्मानित भएका छन् । उनले अहिले सम्म तीन दर्जन भन्दा बढी म्युजिक भिडियोहरूमा मोडलिङ गरिसकेका छन् ।

गत हप्ता नेपाल आर्ट कल्चर म्युजिक अवार्ड २०७७ कार्यक्रममा उनलाई सर्वोकृष्ट मोडेलको अवार्डबाट सम्मानित गरिएको थियो । उक्त कार्यक्रममा ६२ विधाको अवार्ड वितरण गरिएको थियो । माननीय सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र नेपाली चलचित्र बोर्डका अध्यक्ष दयाराम दाहालबाट संयुक्त रूपमा खातीलाई वर्षकै आधुनिक सर्वोकृष्ट मोडेलको अवार्ड प्रदान गरेका थिए ।

खातीले हालै अभिनय गरेको ‘कोरेको छु तिम्रो तस्बिर’ म्युजिक भिडियोबाट सो अवार्ड हात पारेका हुन । सुव्रतराज आचार्यको निर्देशनमा बनेको उक्त भिडियोमा उनलाई नायिका प्रियङ्का कार्कीले साथ दिएकी थिइन । भिडियोलाई दर्शक श्रोताले अत्यन्तै माया गरेको र उहाँहरूकै मायाले नै आफू आज यो स्थानसम्म पुग्न सफल भएको र सम्मानित भएको र सम्पूर्ण सहयोगी हातहरू र माया गर्ने मनप्रति आभारी रहेको कुरा एड्भेन्चर स्टार गौतम खातीले बिआरटीनेपाललाई फोनमा बताए ।

कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, गीतकार सङ्घका अध्यक्ष चूडामणि देवकोटा, साङ्गीतिक सङ्घका अध्यक्ष मिलन मोक्तान लगायतले अवार्डको चर्चा गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू