अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४८ | Colorodo: 12:03

सहीमाको “ओक्कल दोक्कल” युट्युब न. १ ट्रेन्डिङमा पर्न सफल (भिडियो सहित)

बिआरटीनेपाल २०७७ कार्तिक १४ गते ९:११ मा प्रकाशित

काठमाडौँ : चर्चित गायिका सहिमा श्रेष्ठ र गायक सन्दीप न्यौपानेको डान्सिङ बिटमा रहेको नयाँ गीत “ओक्कल दोक्कल” को म्युजिक भिडियो युट्युब न. १ ट्रेन्डिङमा परेको छ। भिडियो सार्वजनिक भएको छोटो समयमा लाखौँ दर्शक श्रोताहरूको माया बटुल्न सफल भएकोमा गायिका सहिमा श्रेष्ठ अहिले दङ्ग छिन। नेपाल देखि विदेश सम्म हुने मनोरञ्जनात्मक कार्यक्रममा सधैँ व्यस्त रहने गायिका लकडाउनमा समेत दर्जनौँ गीतहरूमा आफ्नो स्वर दिएर चर्चामा रहिन। दर्जनौँ चर्चित गीतहरूमा सुमधुर आवाज भरेर दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल गायिका सहिमा र गायक सन्दीप न्यौपाने पछिल्लो समय चर्चामा रहेका छन्। बालापनको यादलाई ताजा गराउँदै उनीहरूले दसैँ कोसेली स्वरूप नवमीको दिन भिडियो रिलिज गरेका हुन्।

नेपाली साङ्गीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गीतहरू नेपाली साङ्गीतिक बजारमा पस्केर सम्पूर्ण नेपाली गीत सङ्गीतको पारखीहरूको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनी गायिका श्रेष्ठ र गायक सन्दीप न्यौपानेले फरक शैलीको गीत साङ्गीतिक बजारमा लिएर आएका हुन् ।

गायक सन्दीप न्यौपानेको शब्द तथा गोविन्द मधुर आचार्यको सङ्गीत रहेको यस गीतको म्युजिक भिडियोलाई छायाकार पवन सुसलिङले छायाङ्कन गरेका हुन् भने सरोज अधिकारीले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा जुनियर कार्टुन क्रुलाई फिचर्ड गरिएको छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया