अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१३ | Colorodo: 04:28

मोफसलबाट मोडलिङमा डेब्यु गदै आर्या श्रीवास्तव

बिआरटीनेपाल २०७७ कार्तिक १४ गते ९:०७ मा प्रकाशित

काठमाण्डौं । पछिल्लो समयमा म्युजिक भिडियोहरू निरन्तर रूपमा बजारमा आइरहेका छन् । दिनहुँ जस्तो नयाँ मोडेल र कलाकारहरू जन्मिरहेका छन् । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ । रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङमा भविष्य बनाउने सीमित हुन्छन् त्यसमा एक प्रतिनिधि बनेकी छिन् प्रदेश न २ घर भई हाल काठमाडौँमा बस्दै आएकी आर्या श्रीवास्तव ।

१६बषिर्या आर्या श्रीवास्तव मोडलिङमा नै आफ्नो भविष्य खोजिरहेकी छन् । विभिन्न स्टेज कार्यक्रमहरूमा मोडलिङ गर्दै आएकी आर्या श्रीवास्तव आफू रहरले नभएर सफल कलाकार बन्ने महान् सपना पुरा गर्नका लागि यस क्षेत्रमा लागेको बताउँछिन् । आर्याले उत्साहित हुँदै भनिन् – मेरो सानै देखी कलाकार बन्ने ठुलो सपना थियो । त्यही सपनालाई पुरा गर्न म मोडलिङमा आएकी हुँ ।

आफ्नो मेहनत गरे अनुसार सफलता पाउनेमा आफू निकै आशावादी रहेको समेत बताउँदै आर्या ले भनिन ‘गर्दै जाँदा एक दिन अवश्य पनि सफलता मिल्छ त्यसैले मैले मोडलिङलाई निरन्तरता दिनुपर्छ ,सबैको सुझाव र प्रेरणाका साथ एक दिन सफल हुने विश्वास लिएकी छु ।’ हुन त आर्या श्रीवास्तव कलाकार मात्र बन्ने उनको शौख होइन उनी एउटा मोडलको रूपमा आफ्नो पहिचान बनाउनको लागी पनि सिने क्षेत्रमा आउनको लागी चाहेको उनले बताइन ।

विभिन्न स्टेज कार्यक्रम गदै आएकी आर्यालाई छोटो समयमै सफलता पनि मिलेको छ । सानै उमेरदेखि मोडलिङ क्षेत्रमा एउटा छुट्टै नाम कमाउन चाहन्थे उनले भनिन । आफ्नो कर्तव्यबाट कहिल्यै टाढा नभई हिम्मत र साहसका साथ अगाडि बढिरहने उनी बताउँछिन् । घरपरिवारमा यस क्षेत्रमा खासै कोही नलागे पनि परिवारको राम्रै सपोर्ट छ उनमा । परिवारको माया र हौसलाले आफू उत्साहित भएको बताउँदै उनले साथीहरूको सपोर्टले काम गर्न सजिलो हुनेमा आफूमा आत्म विश्वास भरिएको उनले सुनाइन ।

१६ औँ वसन्त पार गरेकी आर्या एक अर्काको भावना बुझ्नु, सुख दुखमा साथ नछोड्नु नै मायाका रूपमा लिन्छिन् । बजारमा देखिएको फेसनेवल माया आफुलई राम्रो नलाग्ने उनी बताउँछिन् । आर्या श्रीवास्तव भन्छिन् ‘माया प्रेम भन्ने बित्तिकै जोपायो उसको विश्वास गर्नाले पछुताउनु पर्छ, माया भनेको सोचेर गर्नुपर्छ उनले भनिन‘ ‘प्रेम फेशन होइन, देखाउनका लागि लगाउने लुगा होइन प्रेम त केवल भावनात्मक हुनुपर्छ अनि मात्र जीवन निर्वाह गर्न सहज हुन्छ । आर्या श्रीवास्तवलाई हाम्रो तर्फबाट कलाकारिता यात्राको शुभ कामना ।

प्रतिक्रिया