अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४५ | Colorodo: 11:00

ग्रिसमा ७ रेक्टर स्केलको भुकम्प, टर्कीमा भवनहरु भत्किए

बिआरटीनेपाल २०७७ कार्तिक १४ गते ७:०१ मा प्रकाशित

ग्रिसको सामोस टापु नजिकै शुक्रबार शक्तिशाली भुकम्प गएको छ।

ग्रिसका सन्चार माध्यमका अनुसार स्थानीय समयअनुसार दिउँसो १ बजेर ५१ मिनेटमा गएको भुकम्प ७ रेक्टर स्केलको मापन गरिएको छ। सामुन्द्रिक क्षेत्रमा गएको भुकम्पले टर्कीको पश्चिम क्षेत्रमा रहेका केही भवनहरु भत्किएको उल्लेख गरिएको छ।

भुकम्पको केन्द्रबिन्दु टर्कीको पश्चिम क्षेत्रमा पर्ने इज्मी प्रान्तको सामुन्द्रिक किनारबाट १७ किलोमिटर दुरीमा पर्छ। सन् १९९९ मा इज्मीमा गएको भुकम्पले १७ हजार मानिसको ज्यान लिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू