अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१० | Colorodo: 23:25

राष्ट्रपति निर्वाचनको ४ दिनअघि नै अमेरिकामा खस्यो ८ करोड मत

बिआरटीनेपाल २०७७ कार्तिक १४ गते ७:०० मा प्रकाशित

औपचारिक रुपमा मतदान हुने चार दिन अघि नै अमेरिकी राष्ट्रपतिको ४५औं चुनावका लागि आठ करोड मतदान भइसकेको छ। नोभेम्बर ३ अर्थात् अबको चार दिनपछि मतदानको दिन तोकिए पनि त्यस अगावै उल्लेख्य मतदान भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

उक्त मतदान इमेल, हुलाकलगातका माध्यमबाट भएको युनिभर्सिटी अफ फ्लोरिडाको यूएस इलेक्सन प्रोजेक्टले जनाएको छ। बिहीबारसम्म खसेको मत चार वर्षअघि भएको राष्ट्रपतीय चुनावको समग्र खसेको मतको ५८ प्रतिशत भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्।

राष्ट्रपति चुनावमा रिपब्लिकनको तर्फ अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि उम्मेद्वार छन् भने डेमोक्रेटिक पार्टीबाट जो बाइडन चुनावी प्रतिस्पर्धामा छन्। ट्रम्पले विद्युतीय माध्यमबाट गरिएको मतदानको विरोध गरेका छन्।

कोरोना महामारीका कारण मतदानको दिन अघि नै भोटिङ गर्नेको उल्लेख्य संख्या बढेको हो। सन् २०१६ को मतदानमा तोकिएको दिनभन्दा पहिले नै चार करोड ७० लाख मत खसेको थियो। त्यति बेला जम्मा १३ करोड ८० लाख मत खसेको थियो। चुनावमा यसपटक अघिल्लोपटक भन्दा बढी मत खस्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू