अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१६ | Colorodo: 11:31

पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनर्निर्माण गर्न पुरातत्व विभागको स्वीकृति

बिआरटीनेपाल २०७७ कार्तिक १४ गते ६:५७ मा प्रकाशित

पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनर्निर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ । भूकम्पबाट क्षतिग्रस्त भएको पाँच वर्षपछि विश्वरूप मन्दिरको पुनर्निर्माणको बाटो खुलेको हो ।

पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत नभएको, बजेट व्यवस्थापन हुन नसकेको लगायतका कारण मन्दिरको पुनर्निर्माणको काम शुरु हुन सकेको थिएन । पशुपति क्षेत्र विकास कोषले चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट विश्वरूप मन्दिर पुनर्निर्माणको काम शुरु गर्न १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

मन्दिरसहित वरिपरिको सत्तल पुनर्निर्माणका लागि ७० करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको हो। बहुवर्षीय योजना अन्तर्गत आर्थिक वर्ष २०७८/२०७९ सम्ममा मन्दिर क्षेत्रको पुनर्निर्माण सक्ने लक्ष्य छ । पुनर्निर्माणका लागि ठेक्काको प्रक्रिया शुरु भइसकेको बताइएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू