अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५० | Colorodo: 20:05

विश्वभर ३ करोड ३० लाख ६१ हजार कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ कार्तिक १४ गते ६:४७ मा प्रकाशित

विश्वभर हालसम्म ३ करोड ३० लाख ६१ हजार ९ सय ५४ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ४ करोड ५४ लाख ७१ हजार २ सय पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये ११ लाख ८८ हजार २९ सय ३ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि १ करोड १२ लाख २१ हजार संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ८२ हजार ४ सय ९३ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड ११ लाख ३८ हजार ५ सय ५१ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ९२ लाख १६ हजार ३ सय जना संक्रमित भएका छन् भने २ लाख ३४ हजार २ सय १८जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ८० लाख ८९ हजार ५ सय ९३ जना संक्रमित हुँदा १ लाख २१ हजार १ सय ४४ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५४ लाख ९६ हजार ४ सय २ जना संक्रमित भएका छन् भने १ लाख ५९ हजार ३३ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू