अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३३ | Colorodo: 11:48

काँग्रेसका शिर्ष नेताहरुको बैठक सोमबार बस्ने

बिआरटीनेपाल २०७७ कार्तिक १४ गते ६:४१ मा प्रकाशित

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार शीर्ष नेताहरुको बैठक बोलाउनुभएको छ । २१ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अघि पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी लगायतसँग छलफल गर्न लागिएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभएको छ । यो छलफललाई १७ असोजको बैठकको निरन्तरता मानिएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मागबारे छलफल गर्न १७ असोजमा शीर्ष नेताहरुको बैठक बसेको थियो । १९ गते केन्द्रीय कार्यसमिति बैठक थियो । तर केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि शीर्ष नेताहरुको छलफल र केन्द्रीय कार्यसमिति बैठक दुवै प्रभावित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू