अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 18:59

कोभिड-१९ को महामारीमा शिक्षा

भविन्द्र घिमिरे २०७७ कार्तिक १३ गते ८:३३ मा प्रकाशित

कोभिडको यस महामारी बिचमा अनलाइन कक्षा, अस्थायी, सिकाइ र आवश्यक शैक्षिक सामाग्रीको व्यवस्था गदै बालबालिका, अभिभावक, शिक्षकलाई बिस्तारै नियमित रूपमा पठन पाठनतर्फ फर्काउन स्थानीय तह लागी रहेका छन् । अहिले प्रविधि र आधारभूत शैक्षिक सामाग्रीका साथ हामी सबैको सहयोगको आवश्यकता छ । सरकारले पनि सम्पूर्ण विद्यालय तथा विद्यार्थीलाई इन्टरनेट सेवा उपलब्ध गराउन निर्देशन जारी गरी सकेको छ । समाज शास्त्रीय दृष्टिकोणबाट शिक्षाको परिणाम मानवीय व्यवहार र मानव विकासको सचकाकहरुमा आएको परिवर्तनलाई आधारभूत सूचकका रूपमा लीने गरिन्छ । यस विषम परिस्थितमा सिकाइलाई कसरी व्यवस्थित, सुरक्षित र उपलब्धिपूर्ण बनाउन सकिन्छ । यही विषयमा यस लेखमा समस्या उठान र समाधानका उपाय समेत सुझाउने कोसिस गरिने छ । शिक्षक, विद्यार्थी र अभिभावक शिक्षाका तिन खम्बा हुन । शिक्षाको सुधारकालागी पहिले तिन खम्बाका बारे चर्चा गरिने गरिएको भएपनी यहाँ चार खम्बाका बारेमा चर्चा गरिएको छ ।

शिक्षक
शिक्षक सरकारी नीतिको कारिन्दा मात्र होइनन् । उनीहरू त कसरी शिक्षालाई उपलब्धि मूलक बनाउन सकिन्छ भनेर खोजी गर्ने अनुसन्धानकर्ता पनि हुन । किनकि उनीहरू सधैँ अबोध बालकसँग आएका जिज्ञासा मेटाउने कोसिसमा छन् । दिनहुँ फिल्डमा छन् । राज्यले महँगो शुल्क तिरेर पढाउन नसक्ने जनताका लागि तलब र सुविधा दिएको जिम्मेवारी दिएको छ । समाजलाई बदल्ने जिम्मेवार दिएको छ । सभ्य समाज निर्माणका लागी सबैको आशा रहेको छ । आगामी पीढीको भविष्य निमार्णको जग तयार गर्ने अभिभारा दिएको छ ।

शिक्षक सभ्य समाज निर्माणका नेतृत्वकर्ता हुन । काँचो पिठो जसरी रोटी तयार गरिन्छ त्यसरी नै असल शिक्षकले अवरोध बालबालिकालाई सफल जीवनको आधार तयार गरिदीन्छन । सिकाइ उपलब्धिका आधारमा आएको परिणाममुखी शैक्षिक सुचकांडक नै शिक्षण प्रभावकारी भए नभएको प्रमाणित गर्ने आधार हो भनिन्छ । तर सिकाइ मल्या कन ठिक तरिकाले भएको हुनुपर्छ । असल शिक्षणको मापनका आधार कसरी बनाउने भन्ने विषयमा बहस लामो चलेको छ । समाज शास्त्रीय दृष्टिकोणबाट शिक्षाको परिणाम मानवीय व्यवहार र मानव विकासको सुचकाकहरुमा आएको परिवर्तनलाई आधारभूत सूचकका रूपमा लीने गरिन्छ । शिक्षकले आपनो काममा भन्दा राजनीतिक क्रियाकलापमा समय बिताएको आरोप लागिरहेको छ ।यस्तो बेला हामी निष्पक्ष रूपमा शिक्षाका चार खम्बा मध्ये क्षिक्षकले आफ्नो इज्जत जोगाउने हो भने आजै देखि निम्न अनुसारका साना तर गम्भीर ठाउँमा चुकेका कुरा सच्चाउन जरुरी रहेको छ ।

१ बोर्डमा लेख्ने कुरामा अल्छी गर्ने बानी हटाउने,
२ आवश्यक तयारीका लागी कक्षामा जाने, अध्यानशिल बन्ने,
३ कार्यमूलक अनुसन्धान मूलक शिक्षण बनाउने,
४ रचनात्मक रूपमा स्थानीय शैक्षिक सामाग्रीको प्रयोग गर्ने,
५ आफू असल सृजनात्मक शिक्षक बन्न प्रयास गदै शिक्षक भएकोमा गर्भ गर्ने,
६ वाल मैत्रीमूलक शिक्षण विधि वा सिकेर सिकाउने (जिज्ञासामूलक शिक्षण) गर्ने कुरामा जोड दिने,
७ छलफल गरी सिक्ने अवधारणा प्रयोग गरी सिकाइ सहजकर्ता रूपमा रही निचोड दिने
८ समस्या समाधान शिक्षण विधि अपनाउने, नियमित कक्षामा आउने
९ अवलोकन विधिको प्रयोग गरी रटाउने विधि हटाउने ।

सामुदायिक विद्यालयका शिक्षकले भन्छन्, हामी गरिबहरूका छोरा छोरी पढाउँछौ । निजी स्कुलले शुल्क तिर्न सक्नेलाई पढाउँछन् । हामीलाई सरकारले शुल्क लिन बन्देज लगाएको छ । हामी कसरी राम्रो परिणाम ल्याउन सक्छौ ? हो, अनुभव साट्दा केही सरकारी स्कुलमा अभिभावकसँग सल्लाह गरेर थोरै शुल्क लिएर सानो योजनाबद्ध प्रयास गर्दा राम्रो परिणाम आएको देखियो । यद्यपि शुल्क साधन मात्र हो गर्ने शिक्षकले नै हो । अभिभावक सँघका प्रतिनिधि भन्छन्, साधनको अभाव वाहाना मात्र हो हामी सहयोग गर्न चाहन्छौ योजना र हिसाब पारदर्शी बनाएर आउनू होस । त्यसैले हामी समस्या देखाउँदै कति दिन बस्ने ?

विद्यार्थी
विद्यार्थी जिज्ञासु छन् । उनीहरूमा मानसिक पीडा त छदै छ । अझ बढी पनि अभाव छ । पाठ्यपुस्तक ,कापिकलम ,र उपयुक्त आहारको अभावमा स्कुलमा आए पनि घर जाँदा पुन पारिवारिक समस्याले पढाइलाई निरन्तरता दिन कठिन भइरहेको छ । अभिभावक मामकोखोजिमा काममा जाँदा उपयुक्त वातावरण घरमा लिन सकी रहेका छैनन् । विद्यार्थिलाइ समय दिन सकिरहेका छैनन् । यस्तो अवस्थामा वालवलिकाले निम्नअनुसारको अपेक्षा गरिरहेका हूदारहेछन ।
अवलोकन भ्रमण
खेलकुद
सांस्कृतिक कार्यक्रम
मनोरञ्जन
प्रयोगात्मक अवसर ।

व्यवस्थापन समिति तथा अभिभावक
स्कुल व्यवस्थापन समितिलाई प्राध्यापक ले बनाएको शैक्षिक कार्य योजनालाई सघाउँदै गुणस्तरीय शिक्षा दीन सघाउने उद्देश्य राखी संस्थाका रूपमा गठन गरिएको हो । व्यवस्थापन समिति ले एकोहोरो शिक्षकलाई दोष दिन भन्दा रचनात्मक सहयोग गरेर शिक्षामा सुधार गर्न सकिने कुरामा जोड दिनु आजको आवश्यकता हो । त्यस तर्फ व्यवस्थापन समिति लाग्नु भन्दा खालि राजनीतिक प्रभावमा परेर कसरी आफ्नो मान्छे भर्ती गर्न सकिन्छ भन्ने तर्फ बढी लागेकोले आफूलाई अप्ठ्यारो परेको तर्क शिक्षक गर्दछन् । कार्यक्रममा व्यवस्थापन समिति का अध्यक्ष हरू हामीलाई एउटा साधनका रूपमा प्रयोग मात्र गरी पूर्ण अधिकार नदिई गाल टार्ने साधन बनाएको गुनासो गर्दछन् । यस कार्यक्रमका क्रममा व्यवस्थापन समिति मुख्यतया निम्न अनुसारका कुरामा चुकेको शिक्षक प्रतिनिधिको आरोप छ ।

१ आफ्नो मान्छे भर्ती गर्ने कुरामा राजनैतिक प्रभावमा पार्न खोज्नु ।
२ शिक्षक नाता गोता र एउटै दलको आस्था भएकोमा अत्यन्त भर पर्नु वा पढाइका कुरा गर्न हिचकिचाउनु ।
३ आफ्नो बच्चाको पढाइप्रति कस्तो अवस्था छ भन्ने बारे स्कुलमा गएर चासो नलिनु ।
त्यसैले शिक्षक अभिभावक सँघ र शिक्षक व्यवस्थापन समिति बिच सहकार्य गरी ठोस रूपमा अराजनीतिक कार्य योजना बनाइ विद्यालय प्राद्यापकलाइ शैक्षिक योजनामा सघाउने र आवश्यक सरसल्लाह दिने गरेमा विद्यालय को शैक्षिक अवस्था सुधार गर्न सजिलो हुन्छ ।
जिल्ला शिक्षा समन्वय समिति र स्थानीय शिक्षा समिति

सघयि व्यवस्थामा जिल्ला शिक्षा समन्वय समिति र स्थानीय शिक्षा समितिका क्षेत्राधिकार स्पष्ट तोकिएको छ । तर सम्पूर्ण अनुगमनको, व्यवस्थापन र सुपरिवेक्षणको जिम्मा लिएर पनि खालि दोष विद्यालय प्राध्यापक लाई दिएर आफ्नो जिम्मेवार बाट भाग्न खोजेको देखिन्छ । शिक्षा अधिकृतको सहजीकरण फितलो रहेको गुनासो छ । यस तथ्यसँग भरपर्दो प्रमाण पनि छ । अधिकांश शिक्षा अधिकृतहरू, शिक्षकहरू सँघ, सगठनको इाोला बोकेर हिँडिरहेका छन् । राजनैतिक नेता बनिरहेको तस्बिर छलडगै छ । यसरी अनुगमन मुल्याडकन गर्ने पाटो नै भरपर्दो नभएपछि कसरी शिक्षामा गुणस्तरीयता आउन सक्छ ? — शिक्षकहरूको तर्क छ । जिल्ला शिक्षा समन्वय समिति र स्थानीय शिक्षा समिति निम्न अनुसारका कुरामा चुकेको आम नागरिकको ठहर छ ।
(क) वास्तविक तथ्य भन्दा कागजी उपलब्धिमा रमाउनु ।
(ख) राजनीतिक प्रभावमा पर्नु ।
(ग) राम्रो गर्नेलाई पुरस्कृत र खराब आचरण वा ठगलाई दण्डित गर्नुका साटो सङ्घ सङ्गठनको सिफारिसमा गलत मुल्याडकन गरी राम्रा शिक्षकलाई हौसला दिन नसक्नु ।
(घ) नीतिगत रूपमा देखिएका समस्यालाई सही समाधान गर्नुको साटो आफू अनुकूल गलत व्याख्या गर्नु ।
त्यसैले जिल्ला शिक्षा समन्वय समिति र स्थानीय शिक्षा समिति बाट सही अनुगमनको खाँचो छ । सही अनुगमन र मल्याडकन नभए शिक्षकको जाँगर मर्दछ । उनीहरू राजनीतिक आड लिन बाध्य हुन्छन् । राजनीतिक आडले ठग्ने वानि परेका शिक्षक बलले पदोन्नति भइरहने र इमानदार शिक्षक सधैँ तल्लो दर्जामा रहनन्छन । बाहानावाजि गरी ठग्ने प्रवृत्ति बढी रहँदा नीतिको सही कार्यान्वयन हुन नसकी शिक्षाको गुणस्तर खस्कँदै गएको छ ।

समाधानको उपाय र अवसर
शिक्षक समाजमा गुरु नामले चिनिन्छन् । गुरु समाजका पुज्यनिय हुन्छन् । पुज्यनिय यस कारणले कि उनीहरू समाजका लागि मार्गदर्शक हुन । समाजलाई कस्तो बनाउने ? कस्तो आकारबाट सजाउने भन्ने कुरा शिक्षकका हातमा छ । शिक्षक समाजका दक्ष इन्जिनियर हुन । जसले कस्तो जगबाट बनेको घर वा समाज कति बलियो हुन्छ ? कति मसला राख्दा कति टिक्छ भन्ने समेत हिसाब किताब वैज्ञानिक रूपमा नै निकालेका हुन्छन् । त्यसैले दीर्घकालीन सोच हुनु शिक्षकको अपरिहार्य गुण हो । यती भनिरहँदा आफै जान्ने सर्वेसर्वा बन्ने भुल शिक्षकबाट हुनहुर्देन । अज्ञानता भित्रको ज्ञान खोज्न सक्नुपर्छ ।

शिक्षक समय अनुसारका प्रविधिसँग परिचित हुनु पर्छ । समयको मनोविज्ञान बुझेको हुनपर्छ । समयको मनोविज्ञान भनेको परिवर्तन हो । जो निरन्तर जिज्ञासु हुन्छ । त्यस कारण शिक्षक अध्यानशिल नबने विद्यार्थीले समयको माग अनुसारको शिक्षा पाउदैनन । अर्कोतर्फ शिक्षण विधि समयलाई नचिनेको भएमा विद्यार्थी अल्मलिन्छन । पढ्ने कुरा प्रति रुचि बढ्नुको सट्टा अरुचि बढ्छ । विद्यार्थिलाइ उनीहरूको मनोविज्ञान बुझेर कसरी सिक्न सक्छन् भन्ने तिर ध्यान दिएर नयाँ नयाँ तरिका अपनाएर शिक्षण गरे मात्र समय अनुसारको शिक्षा दिन सकिन्छ । नयाँ तरिका अरूले प्रतिपादन गरेका सिद्धान्त मात्र होइनन् । आफैले काम गर्दा आएका अनुभव बाट सिकेर आएको ज्ञान नै हो ।

आफैले भागेका अनुभवका आधारमा नयाँ पाठ सिकेर सृजनात्मक तरिका अपनाउन सबैभन्दा उत्तम उपाय हो । जुन देश काल परिस्थिति अकुल हुन्छ । सरल, सजिलै उपलब्ध हुने, स्थानीय रूपमा परिचित, स्थानीय भाषामा परिचित मितव्ययी पाठ्यसामग्री को प्रयोग नै उपयोगी साधन हुन । रचनात्मक स्थानीय पाठ्यसामग्री प्रयोग बाट विद्यार्थीमा प्रयोगात्मक शैलीको विकास भई जिज्ञासा बढ्छ । जिज्ञासा नै सिकाइको पहिलो खुड्किला हो । त्यसैले जिज्ञासा जगाउने खालका क्रियाकलाप गराउँदै सिकाउनु आजको युगको आवश्यकता हो । निश्चित रूपमा मानिसले आफ्नो उध्येश्य प्रति निष्ठा भए उपलब्धि अवश्य हुन्छ । उद्देश्य नभुलेर गरेका काम मा सहजताको खोजी गर्दै जागरका साथ लागिन्छ । जागिरे मानसिकता बाट अलिकति माथि उठेर सामाजिक भावनाका साथ आफ्नो जिम्मेवारी पुरा गरे पक्कै पनि शिक्षक समाजमा सम्मानका साथ रहन सक्छन् ।

समयमै यसो नभए सामाजिक रूपमा लागिरहेको ठग र असक्षमको आरोपले हाँगा हाल्छ । आरोपले झाँगिएको रुखको छहारीमा बसेर निराशाको बादल हेरेर मनमनै आत्मा आलोचित बन्नु कति असहज होला कल्पना समेत गर्न सकिन्न । त्यसैले समयमै चाहे हामी केही गर्न सक्छौ । जसले गर्दा हामीलाई समाजले सम्मान दिन्छ । हामी पनि समाजको चाहानाको सम्मान गरी आजै देखि आफले आफैलाई रूपान्तरण गरी शिक्षामा सुधारको थालनी गरौँ । बाचा गरौँ । हामी सामाजिक भावले सेवामा लागौँ । सफलता निश्चित छ । आफैमा छ । त्यसलाई चिनौँ । सृजनशीलता बढाऔँ । किन ढिला गर्ने ? आजै देखि थालौँ ।

अबको हाम्रो बाटो
म मानवशास्त्रको विर्धाथिको नाताले हरेक विकास मानवीय विकासको केन्द्र नै हुनपर्छ भन्ने विचारसँग नजिक रहन चाहान्छू । त्यसैले यो कार्यक्रम केवल इमरजेन्सीमा मात्र होइन, अभियानका रूपमा चलिरहनू आवश्यक छ । यो कार्यत्तमको मूल भाव मानव विकास भएकोले मानव विकासल बिकासकारुपमा निम्न चार खम्बालाई आधार मान्दछ ।
(क) विकासको सरोकारका रूपमा जनतालाई केन्द्रमा राखिनु पर्छ ।
(ख) विकासको उद्देश्य केवल आम्दानीलाई मात्र नभै सम्पूर्ण मानवीय छनौटलाई विस्तार गरिनुपर्छ ।
(ग) मानव विकासले मानवीय क्षमता अभिवृदी र त्यसको पूर्ण उपयोगसँग सरोकार राख्दछ ।
(घ) मानव विकास समता, दिगोपन, उत्पादन र सशक्तीकरणलाई मुलमन्त्र ठान्दछ ।

यसरी आधारभूत चार खम्बाबाट निर्मित मानव विकासका लागि गरिएको प्रयासका लागि प्रत्यक्ष सम्पर्कमा रहने सरोकारवाला तथा व्यवसायीलाई सहभागी बनाउँदा परिवर्तनको अपनत्व समाजले लिन्छ । जसबाट क्षमता अभिवृदी हुनका साथै समतामूलक विकास, दिगोपन र सशक्तीकरणमा सहयोग पुग्दछ । हामीहरूको कार्यक्रममा यो पाटो अलि कमी छ । काममा इमानदारिता भए पनि आपसी समन्वयको अभावले प्रतिफल देखिएको छैन । सङ्ख्यात्मक उपलब्धि पछि देखिने गूणत्मक उपलब्धि फितलो बन्न सक्ने चिन्ताले बेलाबेलामा खोतल्छ । तर योजना निमार्ण र अनुभवको साटासाटले पूर्ण मौका पाएको छैन । किनकि हाम्रो कार्यक्रमको ढाँचा आए पनि कार्यान्वयनको योजना प्रभावकारी वनेको छैन । त्यसैले अव हामी यसरी अगाडी बढ्नु पर्छ ।

(क)विद्यार्थी सिकाइ सहजकरण निर्देशिका २०७७ अनुरूप कार्यान्वयन योजना ठोस रूपमा बनाउन सर्वपक्षीय छलफल बाट ठोस कार्यमा लागौँ ।
(ख) समन्वयात्मक कामको वाडपाड गरी काम प्रतिको उत्तरदायित्व वहन गरी कामको अपनत्व लिने र गल्तीको महस्ुास गरी आफूले आफैलाई सच्चाउने कोसिस गरौँ ।
(ग) हतारमा काम सकाउने वहानामा ठाडो आदेश हाृेइन रणनीतिक योजना बनाएर निरन्तर काममा लागौँ ।
(घ) सहयात्रीका अनुभव र बिचारलाई समेट्दै समान व्यभारबाट परिचालित होऔँ ।
यी चार वटा मुख्य तत्त्वलाई समेटेर अगाडी वढौ । समाज परिवर्तनको अभिभारा बोकेका हामी पहिले आफैलाई वदलौ । विकसित र सभ्य समाज निर्माण सम्भव छ । सफलता वर्तमानमा निश्चित छ ।

* * *
वहुआयाकि सेवा केन्द्र नेपाल
अर्घाखाचि फोन ९८५७०१०४३३

प्रतिक्रिया