अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०५ | Colorodo: 01:20

लमजुङ्गमा तितेपातीबाट तेल उत्पादन सुरु, बजार मूल्य लिटरको ७ देखि १० हजारसम्म

बिआरटीनेपाल २०७७ कार्तिक १३ गते ७:१६ मा प्रकाशित

लमजुङको क्व्होँलासोंथर गाउँपालिका–८ घाम्राङबेसीमा तितेपातीको व्यवसायिक तेल उत्पादन सुरु गरिएको छ । हिमालयन हर्बो सेन्टर घाम्राङ लमजुङले तेल उत्पादन थालेको हो । मिदीम नदी किनारमा मेसिन जडान गरी तितेपातीबाट तेल उत्पादन थालिएको हो । हिमालयन हर्बो सेन्टरका अध्यक्ष गमप्रसाद गुरुङले ६ सय केजी तितेपातीबाट एक लिटर तेल उत्पादन हुने बताउनुभयो ।बताए ।

कम्पनीले स्थानीयसँग प्रतिकेजी ४ रुपैयाँमा तितेपाती खरिद गर्ने गरेको छ । गुरुङका अनुसार सो मेसिन जडान गर्नका लागि २६ लाख रुपैयाँ खर्च लागेको छ । १४ लाख रुपैयाँ डिभिजन वन कार्यालय लमजुङबाट अनुदान प्राप्त भएको र बाँकी रकम कम्पनीका सञ्चालकले लगानी गरेका छन् ।

पातीको तेल अमेरिका, जापान, युरोपमा बिक्री गरिन्छ । तेलको बजार मूल्य प्रति लिटर ७ देखि १० हजार रुपैयाँ रहेको छ । तीतेपातीसँगै रोजमरी, तुलसी, जेनेमियमको उत्पादन थाल्ने कम्पनीको लक्ष्य छ । कम्पनीले नै नर्सरी स्थापना गरी विरुवा उत्पादन गरेर खेती गर्न चाहने किसानलाई वितरण गर्ने गरेको छ ।

प्रतिक्रिया