अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४१ | Colorodo: 23:56

दक्षिण कोरियाली पूर्वराष्ट्रपति ली म्युङ वाकलाइ १७ वर्षको जेल सजाय

बिआरटीनेपाल २०७७ कार्तिक १३ गते ७:०६ मा प्रकाशित

दक्षिण कोरियाली पूर्वराष्ट्रपति ली म्युङ वाकलाई सर्वोच्च अदालतले आज घुस तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका अनुदारवादी नेता लीलाई उहाँकै अनुरोधमा मुद्दाको फैसला नहुँदासम्म धरौटीमा रिहा गरिएको थियो ।

फैसलाको पर्खाइमा रहेका लीमाथि आफ्ना विश्वासपात्र मार्फत आर्थिक अनियमितता गरेको आरोप लागेको थियो । यो फैसलाले पूर्वराष्ट्रपति लीलाई पुनरावेदनको सुविधा दिएको छैन । लीलाई पहिलो पटक सन् २०१८ को अन्त्यमा भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको थियो ।

तर, देशको सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि नयाँ निर्णय नहुँदासम्मका लागि वाकलाई जमानतमा रिहा गरिएको थियो । अदालतले वाकलाई २५ अर्ब २० करोड कोरियन वनको अनियमितता र ९ अर्ब ४० करोड वन बराबर घुस स्वीकार गरेको ठहर गर्दै १७ वर्षको जेल सजाय तोकेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू