अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५६ | Colorodo: 06:11

विश्वभर ३ करोड २७ लाख ८९ हजार कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ कार्तिक १३ गते ७:०५ मा प्रकाशित

विश्वभर हालसम्म ३ करोड २७ लाख ८९ हजार ७ सय ५६ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ४ करोड ४८ लाख ८३ हजार ८ सय ६९ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये ११ लाख ८० हजार ९ सय ५९ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि १ करोड ९ लाख १३ हजार १ सय ५४ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ८१ हजार ५ सय ६९ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड ८ लाख ३१ हजार ५ सय ८५ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ९१ लाख २१ हजार ८ सय जना संक्रमित भएका छन् भने २ लाख ३३ हजार १ सय ३७ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ८० लाख ४१ हजार ५१ जना संक्रमित हुँदा १ लाख २० हजार ५ सय ८४ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५४ लाख ६९ हजार ७ सय ५५ जना संक्रमित भएका छन् भने १ लाख ५८ हजार ४ सय ६८ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू