अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४७ | Colorodo: 08:02

फ्रान्सविरुद्ध बंगलादेशमा हजारौँको प्रदर्शन

बिआरटीनेपाल २०७७ कार्तिक १२ गते ७:२७ मा प्रकाशित

बंगलादेशको राजधानी ढाकामा फ्रान्सेली सामान बहिष्कारको माग गर्दै दशौँ हजार मानिसहरुले प्रदर्शन गरेका छन्। फ्रान्सले इस्लामिक अतिवादविरुद्ध लिएको कडा नीतिको विरोधमा बंगलादेशमा विरोध प्रदर्शन भएको हो ।ढाकामा प्रदर्शनकारीहरुले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँको पुत्ला दहन गरेका छन्। म्याक्रोँले फ्रान्सेली पत्रिका शार्ली हेब्दोमा पैगम्बर मोहम्मदमाथि छापिएको कार्टुनको समर्थन गरेका थिए । जसको कारण इस्लामिक राष्ट्रमा फ्रान्सविरुद्ध प्रदर्शन भइरहेको छ

ढाकास्थित फ्रान्सेली दूतावासतर्फ अघि बढेको प्रदर्शनकारीको भीडलाई प्रहरीले रोकेको थियो। नोभेम्बरको सुरुमा पैगम्बर मोहम्मदमाथि बनेको कार्टुनको विषयलाई लिएर एक शिक्षकको हत्या भएको थियो । ती शिक्षकलाई श्रद्धाञ्जली दिने क्रममा म्याक्रोँले कार्टुनको विषयमा नझुक्ने बताउनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू