अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

राष्ट्रपति कार्यालयको भेरिफाइड ट्विटर खाता अकस्मात बन्द

बिआरटीनेपाल २०७७ कार्तिक १२ गते ७:२६ मा प्रकाशित

राष्ट्रपति कार्यालयको आधिकारिक ट्विटर एकाउन्ट अकस्मात बन्द गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालयको आधिकारिक ट्विटर एकाउन्ट बुधबारदेखि बन्द गरिएको हो। राष्ट्रपतिका मिडिया विज्ञ टीकाप्रसाद ढकालले एक ट्विट गर्दै यसबारे जानकारी दिनुभएको हो ।

उहाँले राष्ट्रपति कार्यालयका सूचना र जानकारी साझा गर्ने उद्देश्यले चलाइएको ह्यान्डलमा प्राविधिक समस्या देखिएकाले उक्त खाता बन्द गरिएको जानकारी दिनुभयो । उहाँले ट्विट गर्नुभएको छ , ‘कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरी प्रस्तुत गर्नेछौं। यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु।’

राष्ट्रपति कार्यालयको उक्त भेरिफाइड एकाउन्ट बुधबार बन्द गरिएको हो। उक्त एकाउन्टबाट मंगलबारमात्र राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु, नातिनीहरु र आमासँग विजयादशमीका दिन खिचिएको तस्बिर सार्वजनिक गरिएको थियो। उक्त एकाउन्टमा दुई पटकसम्म आक्रमण भएकाले बन्द गरिएको र बढी सुरक्षित नयाँ खोल्ने तयारी गरिएको बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू