अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०४ | Colorodo: 16:19

एफी मिड्टजील्याण्डलाई हराउँदै लिभरपुल समूहको शीर्ष स्थानमा

बिआरटीनेपाल २०७७ कार्तिक १२ गते ७:२५ मा प्रकाशित

च्याम्पियन्स लिग फुटबल अन्तरगत सम्पन्न पछिल्लो खेलमा खेलमा लिभरपुलले एफी मिड्टजील्याण्डलाई २–० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितका लागि डिओगो जोटा र मोहम्मद सालहले एक एक गोल गरेका हुन् ।

५५ औँ मिनेटमा जोटा र इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा पाएको पेनाल्टीमा सालहले गोल गरी टिमलाई जित दिलाएका हुन् ।लगातार दुई खेलमा जित निकालेको लिभरपुल ६ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

सोही समूहको अर्को खेलमा एट्लान्टा र अजाक्सले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएका अन्य खेलमा बार्यन म्युनिखले लोकोमोटिभ मस्कोलाई २–१ तथा एथ्लेटिको मड्रिडले आरबी साल्जबर्गलाई ३–२ ले पराजित गरेका छन् ।

 

प्रतिक्रिया