अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०१ | Colorodo: 12:16

दशैंपछिको पहिलो दिन सेयरबजारमा उछाल

बिआरटीनेपाल २०७७ कार्तिक १२ गते ७:१७ मा प्रकाशित

दशैंपछिको पहिलो दिन सेयरबजारमा उछाल आएको छ । कारोबार सुरु भएदेखि उच्च दरले उकालो लागेको बजारमा डेढ नबज्दै २५ अंकको सुधार आयो भने कारोबार पनि डेढ अर्ब हाराहारी पुगेको छ । नेप्से २५ अंकले उकालो लागेर १६ सय ३२ पुग्यो । जलविद्युत् र उत्पादनमूलक समूहबाहेक अरु सबै समूह उकालो लोगका छन् ।

दशैंपछिको कारोबारमा बैंकिङ समूहमा सबैभन्दा बढी आकर्षण देखिएको छ । वाणिज्य बैंक समूहमा ३ प्रतिशत बढी अर्थात् ३८ अंकको वृद्धि आएको छ । विकास बैंक समूहमा पनि डेढ प्रतिशत अर्थात् ३५ अंकको वृद्धि आएको छ ।

जीवनबिमा समूह ५२ अंकले उकालो लागेको छ । नेप्सेमा १८० कम्पनीको ५२ लाख बढी कित्ता सेयर एक अर्ब ५७ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

 

प्रतिक्रिया