अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८ | Colorodo: 05:43

वैशाखयता नेपालमा विपद्का घटनामा ४६५ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७७ कार्तिक १२ गते ७:१६ मा प्रकाशित

गएको वैशाख महिनायता नेपालमा विपद्का विभिन्न घटनामा परि चार सय ६५ जनाको ज्यान गएको छ । गएको वैशाख १ गतेदेखि बुधबारसम्ममा चार सय ६५ जनाको ज्यान गएको र एक सय एक जना हराइरहेका गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यस अवधिमा सबैभन्दा बढी पहिरोमा परि दुई सय ९५ जनाको ज्यान गएको छ । यस्तै चट्याङ लागेर ६५ जना, बाढीबाट ४२ जना र सर्पको टोकाइबाट २१ जनाको ज्यान गएको छ । यस्तै निरन्तरको झरीबाट १५ जना, जनावरको आक्रमणबाट १४ जना र आगलागीबाट १३ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ ।

यस अवधिमा विपद्सम्बन्धी दुई हजार ७२ वटा घटना भएका थिए । ती घटनामा आठ सय १० जना घाइते भएका छन् । दुई हजार तीन सय दुई वटा पशुचौपायको क्षति भएको छ । विपद्का घटनामा ८६ करोड १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको पनि प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू