अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१६ | Colorodo: 01:31

देशभर २९० जना कोरोना संक्रमित आईसीयुमा, ७२ जना भेन्टिलेटरमा

बिआरटीनेपाल २०७७ कार्तिक १२ गते ७:१४ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म देशभर २९० जना कोरोना संक्रमितको आईसियुमा र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रदेश १ मा ३१, प्रदेश २ मा १३, बागमतीमा १७८, गण्डकीमा १५, लुम्बिनीमा ४४, कर्णालीमा ४ र सुदूरपश्चिममा ५ जना कोरोना संक्रमितको आईसीयुमा उपचार भइरहेको जानकारी दिनुभयो ।

यस्तै प्रदेश १ मा ६, प्रदेश २ मा २, बागमती प्रदेशमा ५७, गण्डकी प्रदेशमा १, लुम्बिनी प्रदेशमा ६ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ। हाल झापा, मोरङ, सुनसरी, काभ्रे, मकवानपुर, ललितपुर, काठमाडौँ, चितवन, कास्की, भक्तपुर, नवलपरासीपूर्व, दाङ, कैलाली, र रुपन्देहीमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित नरहेको जिल्ला मनाङ मात्रै हो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू