अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३८ | Colorodo: 01:53

सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित

बिआरटीनेपाल २०७७ कार्तिक १२ गते ७:११ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । कात्तिक १५ देखि १७ गतेसम्म निर्धारण गरिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो । कोरोना महामारीका कारण बैठक स्थगित गरिएको नेकपाले जनाएको छ। अब यो बैठक मंसिर १५ देखि १७ गतेसम्म आयोजना हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ ।

बिज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको २०७७ कार्तिक १५ गतेदेखि आयोजना गरिएको तेश्रो पूर्ण बैठक कोभिड–१९ महामारीका कारण स्थगित गरिएको उल्लेख छ । अवको बैठक आगामी मंसिर १५–१७ मा आयोजना हुने नेकपाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू