अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१३ | Colorodo: 22:28

कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ अनिवार्य

बिआरटीनेपाल २०७७ कार्तिक ११ गते ७:१३ मा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरेको छ ।बोर्डले परीक्षार्थीलाई कोरोनाबाट जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरेकोे हो । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ अनुसार प्रत्येक विद्यालयले स्थानीय तह र स्वास्थ्य संघ संस्थासँग समन्वय गरेर हेल्थ डेस्कको व्यवस्था गर्नुपर्नेछ ।

यसपटक कोरोनाका कारण होम सेन्टरमा परीक्षा सञ्चालन गर्न लागिएको हो ।निर्देशिका अनुसार परीक्षार्थीहरू बीचको दुरी कम्तिमा दुई–दुई मिटर र एउटा कक्षामा २० भन्दा बढी विद्यार्थी राख्न पाइने छैन ।

कोरोनाको कारण स्थगित परीक्षा ९ मंसिरदेखि सुरु गर्ने गरी बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले कुल पुर्णाङ्कको ४० प्रतिशतको परीक्षा सञ्चालन गर्न लागेको हो ।

बाँकी ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट प्राप्त अंकबाट जोडिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू